• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

आज रातभर निदाउन सकिन...

आज रातभर निदाउन सकिन। तिमीलाई जिउँदै आगो लगाएर हत्या गरेको दिन निदाउँ पनि कसरी ? त्यो दिन सम्झेर मनमा ज्वाला छुट्यो एकतमासले। सँगसँगै हातेमालो गर्दै जनता जगाएर संगठित गरेको याद बल्झियो बेस्सरी । सहिदहरु हाँसेको कहिल्यै देख्न पाइएन न बोलेको नै सुन्न पाइयो  ।

पाइयो त केवल यिनै मान्छेको नाममा साउँ,ब्याज खाएको । कहिलेकाहीँ त लाग्छ त्यो निष्ठुरी समयले हामीलाई मात्रै किन बचायो ? बरु सँगै फोटो टास्न पाएको भए त हामी सँगसँगै छौ है भन्ने आभास हुन्थ्यो नि ।

१२ वर्ष भएछ हामी भौतिक रुपमा छुट्टिएको । हिजो झै लाग्छ बिदाइको हात टुनिबोटेको डिलबाट हल्लाउँदै सुभद्रा,डम्बर हामी सँगै छौ भन्दै चिच्याएको  । शब्दबाट बयान गर्न सक्दिन यतिबेला हाम्रो दैनिकी यसरी बित्थ्यो भनेर । जब तिमी सहिद भएको खवर सुन्दा आमाले र मैले आँसु पिएर कतिपटक होस गुमायौं तिम्रा सहकर्मीहरुले तिम्रो सम्झनामा ।

तर हामीले तिमीले छोडेका सपना पूरा गर्ने दृढ अठोट गर्यौ जो समय र परिस्थितिले अधुरै छोडिरहेको छ। यत्ति भन्न सक्छु ,महान् सहिदहरु हार्दिक श्रदान्जली ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर