• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

बारको नयाँ नेतृत्वमा मेरो जित सुनिश्चित भईसक्यो, सुनिलजीसंग तुलना हुंदैन–चण्डेश्वर श्रेष्ठ (भिडियाेसहित)

काठमाडौं । नेपाल बार एशोसिएशनको निर्वाचन नजिकिएसँगै देशभरका कानून व्यवसायीका बीचमा चुनावी सरगर्मी बढेको छ । सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस निकटका कानून व्यवसायीहरु आ–आफ्नो प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् । केही दिन अघि मात्रै देशभर चुनावी प्रचार प्रसार गरेर फर्किएका उम्मेदवारहरु अहिले संघीय राजधानी काठमाडौं मा चुनावी अभियानमा व्यस्त छन् । 

उम्मेदवारहरुको व्यवस्तताको बीचमा बुधबार हामीले प्रगतिशील, पेशागत तथा समावेशी समूहका तर्फबाट नेपाल बार एशोसिएशनको आगामी निर्वाचनका अध्यक्षका प्रत्यासी चण्डेश्वर श्रेष्ठलाई समाचार दैनिक डटकमको स्टुडियोमा बोलाएका थियौं । 

अन्तरवार्ताका क्रममा प्रत्यासी श्रेष्ठले आफु विजयी भएमा नेपाल बारलाई मानवअधिकार, विधिको शासन र स्वतन्त्र न्यायपालिकाको पक्षमा खरो उतार्ने बताए । अदालतले फैसला मात्र गर्ने हैन न्याय दिने अवस्था सृजना गर्न, न्यायलयमा हुने भ्रष्टाचारको अन्त्य गर्न तथा राजनीतिक प्रभावबाट न्यायलय मुक्त राख्न आफु लागिपर्ने उनको प्रतिवद्दता छ । 

आफुसँग प्रतिस्पर्धामा रहेका लोकतान्त्रिक प्यानलका प्रत्यासी सुनिल कुमार पोखरेल चुनानी दौडमा आफुभन्दा निक्कै पछाडी रहेको उनले दावी गरे । पोखरेलसँग प्रतिस्पर्धा नै नहुने बताउँदै उनले भने, ‘देशभरका मतदाता साथीहरुसँग अन्तरक्रिया गरेर म काठमाडौं फर्किए, समग्र अवस्था हेर्दा मेरो जित सुनिश्चित भईसकेको छ । सुनिलजीसँग प्रतिस्पर्धा हुंदैन ।’

बारको आगामी चुनावमा श्रेष्ठ प्रगतिशील प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् भने, सुनिल पोखरेल लोकतान्त्रिक प्यानलबाट प्रतिस्र्धामा उत्रिएका छन् ।

श्रेष्ठसँगको अन्तरबार्ताको पूर्ण भाग :
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर