• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

जनताको जलविद्युत कार्यक्रम सुरु, प्रधानमन्त्री ओलीले दिए सेयरका लागि पहिलो आवेदन (फोटोफिचर)

चैत्र ११ गतेसम्म आवेदन दिन सकिने

तस्वीर-दिपेन्द्र/समाचारदैनिक

काठमाडौं । जलविद्युत् आयोजनाहरूमा सर्वसाधारणको स्वामित्व स्थापित गर्ने लक्ष्यसहित सरकारले घोषणा गरेको जनताको जलविद्युत् आयोजना कार्यक्रम अन्तर्गत प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो आवेदन दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारबाट उनले माथिल्लो त्रिशूली थ्रि बी आयोजनाको सेयरका लागि पहिलो आवेदन दिएका हुन् । कार्यक्रममा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री बर्षमान पुन अनन्त, ग्लोबल आईएमई क्यापिटल अधिकारी लगाएत सहभागी थिए ।  माथिल्लो त्रिशूली थ्रि बी आयोजनाका लागि ग्लोबल आईएमई क्यापिटलमार्फत अनलाइन आवेदन भर्ने कार्यक्रम तय भएको छ।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले हाललाई तीन हजार ४७९ मेगावाट क्षमताका १९ वटा जलविद्युत् आयोजना निश्चित गरिसकेको छ। मन्त्रालयले कार्यक्रमका लागि आवश्यक कार्यविधि यसअघि नै पारित गरिसकेको छ। मन्त्रालयले कार्यक्रमका लागि छनोट गरी आवश्यक अध्ययन सबै पूरा गरेका, वित्तीय व्यवस्थापन र विद्युत् खरिद सम्झौता भइसकेका आयोजनाहरुले मात्र सेयर आह्वान गर्न पाउने व्यवस्था छ।

कार्यविधि अनुसार कार्यक्रम अन्तर्गतका आयोजनाको सेयर स्वामित्वमा ५१ प्रतिशत सरकारी स्वामित्वका कम्पनी र ४९ प्रतिशत सर्वसाधारणको सेयर रहने व्यवस्था गरिएको छ। त्यसमध्ये १० प्रतिशत आयोजना प्रभावित क्षेत्रका सर्वसाधारणका लागि छुट्याइएको छ भने बाँकी ३९ प्रतिशत आमसर्वसाधारणका लागि छुट्याउने व्यवस्था गरिएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर