• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

नयाँ ढंगले राष्ट्रलाई समृद्ध बनाउन जुट्नु परेको छ :  प्रधानमन्त्री ओली (भिडियोसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अरुसँग हात थाप्ने भन्दा पनि आफ्नो देश आफै बनाउने अभ्यासको थालनी गर्नु पर्ने बताएका छन् । 

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले १० हजार कित्ता शेयरका लागि आवेदन दिदैँ देशभित्र र बाहिर रहेका सबैलाई यसमा लगानी गर्न आब्हान गर्दै यसलाई नमूना आयोजनाको रुपमा सफल पार्न जोड दिए ।

 त्रिशुली थ्रि बी यो जनताको जलविधुत आयोजना भएको उल्लेख गर्दै उनले यस्तै अन्य जलविधुत आयोजना बनाउन सकिने बताए । उनले उर्जा क्षेत्रमा मात्र नभई अन्य क्षेत्र कृषि, पर्यटन अरु व्यवसायको पनि साना साना पूँजी सङ्कलित 

गरेर ठूलो काम गर्न सकिने बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘ जुन देशका जनताले आफ्नो देश आफै बनाउन सक्छौँ भन्ने ठान्छ, त्यो देश अगाडी बढ्छ । जुन देशको जनतामा आत्मविश्वास हुन्छ त्यसले गर्न सक्छ । जुन देशको जनतामा स्वाभिमान हुन्छ, स्वाभिमानले राष्ट्र निर्माण गर्न सक्छ ।’नयाँ ढंगले राष्ट्रलाई समृद्ध बनाउन जुट्नु परेको प्रधानमन्त्री ओलीको भनाई छ ।

 यस आयोजनामा शुरुमा शेयरका लागि १० प्रतिशत रकम मात्र दिए पुग्छ । यो आवेदन यही चैत ११ गतेसम्म जारी रहनेछ । ‘नेपालको पानी, जनताको लगानी, हरेक नेपाली विद्युत्को शेयरधनी’ को नारासहित सो कार्यक्रम गत फागुन २ गते उद्घाटन गरिएको थियो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर