• सोमबार २-१२-२०७७/Monday 05-25-2020/ 10:00 am

भेनेजुएलाका विपक्षी नेता गुएइदोको सेना प्रमुख पक्राउ

काराकास । भेनेजुयलाका स्वघोषित अन्तरिम राष्ट्रपति हुवाँ गुएइदोका सेना प्रमुख रोबेर्टो मारेरोलाई पक्राउ गरिएको भेनेजुयलाका अधिकारीले जानकारी गराएका छन् । 

अमेरिका, यूरोपलगायतका अन्य केही मुलुकहरूद्वारा मान्यताप्राप्त नेता गुएइदो तथा विपक्षी दलले ट्वीटरमार्फत दिएको जानकारी अनुसार मारेरोलाई बिहीबार बिहानै नीजको घरबाटै भेनेजुयली अधिकारीले पक्राउ गरी लगेका गुएइदोले बताए । 

यस्तै मारेरोले पनि आफ्नै आवाजमा रेकर्ड भएको सन्देश सामाजिक सञ्जालमा पोष्ट गरी सरकारी गुप्तचर अधिकारीले आफूलाई पक्राउ गरेको जानकारी गराएका छन् । 

संयुक्त राज्य अमेरिकाले भेनेजुयली राष्ट्रपति निकोलास मदुरोको सरकारलाई राजनीतिक अधिकारका लागि आन्दोलनरत विपक्षी नेता गुएइदो तथा उनको सहयोगीलाई पक्राउ नगर्न पटक पटक दिएको चेतावनीका बाबजुद मारेरोलाई पक्राउ गरिएको हो । 

मारेरोको पक्राउपछि उनको अवस्थाबारे सरकारले औपचारिक रूपमा जानकारी गराएको छैन । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

अमेरिका राजनीतिक भाइरसबाट संक्रमित भयो: चिनियाँ विदेशमन्त्री वाङ्ग यी

  • १२ जेठ, २०७७

एजेन्सी । कोरोना भाइरस महामारीलाई लिएर अमेरिका र चीनबिचको सम्बन्धमा थप तनावको अवस्था सिर्जना भएको छ । सोही क्रममा चीनका विदेश मन्त्री वाङ्ग यीले

अमेरिकाले लगायो ब्राजिलबाट हुने विदेशीको यात्रामा प्रतिबन्ध

  • १२ जेठ, २०७७

एजेन्सी । ट्रम्प प्रशासनले पछिल्लो १४ दिनमा ब्राजिल पुगेका विदेशीलाई अमेरिका प्रवेशमा रोक लगाएको छ । ल्याटिन अमेरिकी देश ब्राजिल कोरोना भाइरसको

कोरोना संक्रमित देखिएपछि संसारकै गहिरो सुनखानी बन्द

  • १२ जेठ, २०७७

एजेन्सी । कोरोनाभाइरसको १६४ संक्रमित फेला परेपछि दक्षिण अफ्रिकाको पोनेन्ग सुन खानीको काम बन्द गरिएको छ । पोनेन्ग संसारको सबैभन्दा गहिरो सुन खानी हो