• शनिबार ५-७-२०७६/Saturday 08-24-2019/ 10:02 pm

भेनेजुएलाका विपक्षी नेता गुएइदोको सेना प्रमुख पक्राउ

काराकास । भेनेजुयलाका स्वघोषित अन्तरिम राष्ट्रपति हुवाँ गुएइदोका सेना प्रमुख रोबेर्टो मारेरोलाई पक्राउ गरिएको भेनेजुयलाका अधिकारीले जानकारी गराएका छन् । 

अमेरिका, यूरोपलगायतका अन्य केही मुलुकहरूद्वारा मान्यताप्राप्त नेता गुएइदो तथा विपक्षी दलले ट्वीटरमार्फत दिएको जानकारी अनुसार मारेरोलाई बिहीबार बिहानै नीजको घरबाटै भेनेजुयली अधिकारीले पक्राउ गरी लगेका गुएइदोले बताए । 

यस्तै मारेरोले पनि आफ्नै आवाजमा रेकर्ड भएको सन्देश सामाजिक सञ्जालमा पोष्ट गरी सरकारी गुप्तचर अधिकारीले आफूलाई पक्राउ गरेको जानकारी गराएका छन् । 

संयुक्त राज्य अमेरिकाले भेनेजुयली राष्ट्रपति निकोलास मदुरोको सरकारलाई राजनीतिक अधिकारका लागि आन्दोलनरत विपक्षी नेता गुएइदो तथा उनको सहयोगीलाई पक्राउ नगर्न पटक पटक दिएको चेतावनीका बाबजुद मारेरोलाई पक्राउ गरिएको हो । 

मारेरोको पक्राउपछि उनको अवस्थाबारे सरकारले औपचारिक रूपमा जानकारी गराएको छैन । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

आक्रमणमा २५ लडाकू मारिए

  • ७ भदौ, २०७६

एजेन्सी । अफगानिस्तानको उत्तरी प्रान्त बाल्खको चामताल जिल्लामा तालिबान लडाकूविरुद्ध अफगान सेनाले गरेको सुरक्षा कारबाहीमा कम्तीमा २५ लडाकू मारिएका

नोटवन्दीका योजनाकार भाजपा नेता अरुण जेट्ली बच्चालाई खाेजी खर्च पनि चेकबाटै दिन्थे 

  • ७ भदौ, २०७६

एजेन्सी । भारतीय जनता पार्टीका प्रमुख नेता तथा पूर्व अर्थमन्त्री अरुण जेट्लीको शनिवार ६६ वर्षको उमेरमा स्थानियसमय अनुसार मध्यान्ह १२ बजेर ७ मिनेटमा

उत्तर कोरियाले फेरी लञ्च गर्यो दुई वटा ‘ब्यालेस्टिक मिसाइल’

  • ७ भदौ, २०७६

एजेन्सी । उत्तर कोरियाले शनिवार फेरी दुई वटा सानो दूरीका ‘ब्यालेस्टिक मिसाइल’ प्रक्षेपण गरेको छ । स्थानीय समयअनुसार शनिबार बिहान दक्षिण हामयोङ