• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

जनताको जलविद्युत : पहिलो दिनमै दोब्बर बढीको आवेदन,६ करोड संकलन

काठमाडौं । सरकारले सुरु गरेको ‘जनताको जलविद्युत कार्यक्रम’को सुरुमै लगानीकर्ताको अकर्षण देखिएको छ । माथिल्लो त्रिशूली थ्री बी जलविद्युत आयोजनाका लागि खुल्ला गरिएको आईपीओ मा पहिलो दिनमै निर्धारित भन्दा दोब्बर बढी आवेदन परेको हो । 

ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयले सुरु गरेको  ‘नेपालको पानी जनताको लगानी, सबै नेपाली विद्युतको सेयरधनी’ भन्ने नारा अन्तरगतको कार्यक्रममा बिहीबार साँझ साढे ५ बजेसम्म १२ हजार ७ सय ७३ आवेदकले ६० लाख ३१ हजार १ सय ३० कित्ता सेयर किन्न आवेदन दिएको कम्पनीका प्रबन्ध निर्देशक मोहनप्रसाद गौतमले समाचार दैनिकलाई जानकारी दिए ।

‘उक्त आवेदनबाट ६ करोड ३ लाख ११ हजार ३ सय रुपैयाँ संकलन भएको छ नुवाकोटमा निर्माणाधीन ३७ मेगावाटको माथिल्लो त्रिशूली–३ ‘बी’ आयोजनामा लगानी गर्न त्रिशूली जलविद्युत कम्पनीले निष्कासन गरेको सेयरका लागि उक्त रकम संकलन भएको हो ।

सरकारले जनताको जलविद्युत कार्यक्रम अन्तरगत  माथिल्लो त्रिशूली थ्री बी जलविद्युत आयोजनाका  लागि कुल ३ लाख ७० हजार कित्ता जनतालाई बाढ्ने बताएको छ । पहिलो चरणमा त्यसको १० प्रतिशत सेयर आव्हान गरेकोमा दोब्बर बढी आवेदन परेको हो । 

प्रधानमन्त्री केपी शर्मा ओली र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले आज  बालुवाटारबाट सेयर किन्न आवेदन दिएर यो कार्यक्रमको उद्घाटन गरेका थिए ।  आयोजनामा लगानी गर्न चैत १ गते आह्वान गरिएको थियो ।  

कम्पनीको जारी पूँजी रु दुई अर्ब ४७ करोड को १५ प्रतिशत अर्थात रु ३७ करोड पाँच लाख बराबरको रु. १०० अङ्कित दरको ३७ लाख पाँच हजार साधारण सेयरमध्ये ३ प्रतिशत कम्पनीका कर्मचारीका लागि छुट्याई बाँकी ३५ लाख ९३ हजार कित्ता सेयर सर्वसाधारणका लागि विक्री शुरु भएको हो ।

आवेदकले न्यूनतम १०० कित्तादेखि बढीमा एक हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ । रु १०० अङ्कित मूल्यमा हाल त्यसको १० प्रतिशत हुन आउने रु १० मात्रै आवेदनका साथ उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ ।

बाँकी रकम भने आयोजनाको भौतिक निर्माण ७५ प्रतिशत सम्पन्न भएपछि मात्रै तिर्दा हुनेछ । अग्रिमरूपमा लगानी गरिएको रकमको समेत सरकारले ब्याज उपलब्ध गराउने प्रावधान राखिएको छ । 

कम्पनीका प्रबन्ध सञ्चालक मोहनप्रसाद गौतमका अनुसार सो आयोजना विसं २०७८ फागुन १७ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजना निर्माणमा रु आठ अर्ब २२ करोड ७४ लाख ४१ हजार (निर्माण अवधिको ब्याजसमेत) लाग्ने प्रक्षेपण गरिएको छ ।

त्यसमा आयोजनाको प्रवद्र्धक नेपाल विद्युत् प्राधिकरण र नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको समान ३०–३० प्रतिशत, प्रभावित जिल्ला (नुवाकोट र रसुवा) का स्थानीय तहको पाँच प्रतिशत, प्रभावित जिल्लाका स्थानीय बासिन्दाको १० प्रतिशत, विद्युत् प्राधिकरण र दूरसञ्चार कम्पनीका कर्मचारीका लागि पाँच प्रतिशत, जलविद्युत् आयोजनामा लगानी गर्ने उद्देश्यले प्रभावित जिल्लाका बासिन्दाले स्थापना गरेका कम्पनीका लागि पाँच प्रतिशत एवं आमसर्वसाधारणका लागि १५ प्रतिशत सेयर सुनिश्चित गरिएको छ । 

कहाँबाट दिने आवेदन कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमइ क्यापिटल लिमिटेड रहेको छ । प्राथमिक सेयर निष्काशन गरेका अन्य कम्पनीमा जस्तै यो आयोजनामा पनि आश्वा सुविधा भएका बैंक तथा वित्तीय संस्था तथा सि– आश्वामार्फत पनि सेयर आवेदन गर्न सकिने बिक्री प्रबन्धकले जनाएको छ । 

कम्पनीको सेयरमा चैत ७ गते आजदेखि छिटोमा यही चैत ११ गतेसम्म र ढिलोमा आगामी वैशाख ६ गतेसम्म आवेदन दिन सकिनेछ । सरकारले गत फागुन २ गते जनताको जलविद्युत् कार्यक्रम घोषणा गरेको थियो । 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर