• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

एकसाथ ५ सय गाडी गुडाएर विश्व रेकर्ड कायम

तस्विरः एएनआई

प्रयागराज । भारतमा कुम्भ मेला विषेश गाडीको लामो ¥याली निकालेर विश्व रेकर्ड कायम गरिएको छ । 

कुम्भ मेला विषेश ५०० बस लगातार सँगै गुडाएर गिनिज बुकमा दर्ता गरिएको अधिकारीहरुले बिहीबार जनाएका छन् । 

यस अगाडि यसैगरी सवै भन्दा धेरै अर्थात् ३ सय ९० ओटा बस लगातार सँगै गुडाएर अबू धाबीमा विश्व रेकर्ड कायम गरिएको थियो । 

भारतको उत्तर प्रदेश सडक यातायात कर्पोरेसन (युपिएसआरटीसी)ले ती बसहरुलाई ३.२ किलोमिटर सम्म गुडाएको बताइएको छ । 

युपिएसआरटीसीले सवै राज्यका १८ ओटै क्षेत्रलाई जनशक्तिसहित गाडी पठाउन फेब्रुअरी २७ मा निर्देशन दिएको थियो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर