• २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024

कोलम्बिया : नवजात शिशुको पेटभित्र जुम्ल्याहा भ्रुण !

तस्विरः डेलीमेल/एक महिना पुगेकी इत्जामारा, हाल स्वस्थ्य छिन्

एजेन्सी । डेली मेलको खबरअनुसार, कोलम्बियामा एक नवजात शिशु(नानी) आफूभित्र दुई जुम्ल्याहा बहिनी लिएर जन्मिएकी छिन् । विकसित नभई नसकेको तर पनि बच्चाभित्र उनीहरु नाभीसँगै बढीरहेको पाइएको बताइएको छ । 

इत्जामारा नामक सानी नानी गत २२ फेब्रुअरीमा कोलिम्बयाको बाराक्विल्लामा जन्मिएकी थिइन् । यसलाई चिकित्सकीय भाषामा ‘फेटस इन फेटू’ अर्थात् ‘भ्रुणभित्र भ्रुण’को अवस्था भनिन्छ, जसलाई एक अविश्वासनीय दुर्लभ उदाहरण मानिन्छ । 

आमाको गर्भमा ३५ हप्ता पुगेकी बच्चीभित्र रहेको भ्रुणहरुलाई थ्रि–डी र फोर–डी अल्ट्रासाउन्ड प्रविधि प्रयोगबाट स्क्यिान गरी पत्ता लगाइएको थियो । 

७ पाउन्ड मात्रै तौल भएकी इत्जामाराभित्र विकसित भइरहेका जुम्ल्याहा भ्रुण विकसित हुन नदिन र उनको भित्री अंगमा असरबाट बचाउन चिकित्सा समूहले ३७औँ हप्तामा ‘सि–सेक्सन’मा शल्यक्रिया गरी प्रसुती गराएका थिए । 

त्यसको एक दिनपछि, उनीहरुले ४५ मिलीमिटर, १४ ग्रामको जुम्ल्याहालाई निकाल्नका लागि ‘किहोल’ शल्यक्रिया गरेका थिए, उनीहरुको गर्भना काटे लगत्तै मृत्यु भयो । 

बच्चीको पेटभित्र रहेका जुम्ल्याहा बच्चाको हात र खट्टा भएको तर, मुटु र दिमाग नभएको डेलीमेलले जनाएको छ । शिशुकी ३३ वर्षीय आमा मोनिका भेगाको उच्च जोखिमपूर्ण प्रसुती विशेषज्ञको रेखदेखमा उपचार गरिएको थियो । 

यसरी एउटा नवजात शिशुभित्र अरु भ्रुण पाइनुलाई चिकित्सकीय भाषामा ‘फेटस इन फेटू’ भनिन्छ । यो निकै जटिल अवस्था हो । जन्मिने हरेक ५० लाख बच्चामा एक जनामा यस्तो समस्या देखिन सक्दछ ।

महिलाले गर्भाधारण गरेकोे सुरुवाती अवस्थामै यस्तो स्थिति पैदा भएको हुन्छ । यसमा एउटा भ्रुण राम्रोसँग विकशित हुन्छ भने अन्य भ्रुणहरु विकशित भ्रुणभित्र प्रवेश गर्दछन् र परजिवीको रुपमा रहन्छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर