• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

कविता : तिम्रो शब्द मेरो मौनता

तिमीले बोलीरह्यौ
मैले सुनिरहें
तिमीसंग बिताएका पल
मनमनै गुनिरहे
तिम्रो बिषालु बचन
अमृत सम्झेर सहीरहे
तिम्रो बोलीको तिखो प्रहार
मुटुभित्र घोचिरहयो
तरपनि शान्त रहेर
मुसुमुसु हाँसीरहें 
त्यो सब हल्ला थियो
मैले तिमीलाई बुझाउनै सकिन
तिम्रो क्रोधको आगो
निभाउन सकिन
तिमी यथार्थ नबुझी
छट्पटी रह्यौ
मैलेपनि बोल्ने साहस गरिन
तिमी शंकैशंकामा जलिरह्यौ
मैलेपनि तिम्रो जलेको घाउमा
मलम लाउन सकिन
यो तिमीले थामेको हात
तिमी आफैंले छोड्यौ
आफै गर्यौ बाचा
अनि आफैले तोड्यौ
म त केबल कठ्पतली भएँ
तिमीले ईशारामा नचाईरह्यौ
मेरो आखामा आँशु ल्याई
दुनियालाई हसाईरह्यौ
 मैले प्रेम बचाईरहे
अन्गिन्ती कल्पना नचाईरहें
न तिमी खुशी भयौ
अन्जानमा म बरु दोषी भएँ
तैपनि तिम्रो जीवनमा खुशी ल्याउने
प्रयत्न गरीरहें
आखिर तिमीभित्रको
नरपिशाच बोलिरह्यो
थाहै नपाई प्रेममय जिवनमा
बिष घोलिरहयो
थाहै नपाई प्रेममय जिवनमा 
बिष घोलिरहयो !!!

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर