• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

 चमैता सरोकार समाजबाट एम्बुलेन्स सहयोग

मङ्गलबारे ।  इलामको देउमाई नगरपालिकाको चमैतामा स्थानीयवासीलाई एम्बुलेन्स प्रदान गरिएको छ । ‘चमैता सरोकार समाज’को संयोजनमा देश तथा विदेशमा रहेका चमैतावासीले आर्थिक सहयोग सङ्कलन गरी उक्त एम्बुलेन्स खरीद गरिएको हो । 

समाजको अगुवाइमा एक वर्षदेखि फेसबुक, ट्विटर, फोनमार्फत देश तथा विदेशमा रहेका चमैतावासीबाट र १४ लाख ५० हजार रुपैयाँ सङ्कलन गरी एम्बुलेन्स खरीद गरिएको समाजका सचिव कमल श्रेष्ठले जानकारी दिए ।

 १० लाख रुपैयाँमामा एम्बुलेन्स खरीद गरिएको हो । “बाँकी रकमले समाजको भवन निर्माण गर्ने योजना छ”, उनले भने । सो एम्बुलेन्स सेवाको नगरपालिकाका प्रमुख सूर्यप्रसाद पोखरेलले उद्घाटन गरे । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर