• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

संसद सेवामा इतिहास रच्दै पहिलो महिला सहसचिव बनिन् निर्मला

काठमाडौं । नागरिकतालाई आधार मान्ने हो भने उमेरले उनि ४२ वर्षकी भईन् । नाम निर्मलादेवी लामिछाने । निजामती सेवामा प्रवेश गरेको १० वर्ष भयो । त्यसअघि ७ वर्ष शिक्षण पेशा अंगालेकी उनले फेरी बाटो अलिकति मोडिन् । अर्थात, निजामतीबाट संसद सेवामा प्रवेश गरिन् ।

संसद सेवामा बढुवासहित उनको प्रवेश उनका लागि त खुसीकै कुरा हो । तर संसद सेवाकै लागि पनि एउटा नयाँ इतिहास रचिएको छ । नेपालको संसदीय इतिहासमा महिला सहसचिव अहिले सम्म कोहिपनि भएको थिएन । हाल बहाल रहेका १३ जना पुरुष सहसचिवहरुको समूहमा निर्मला थपिएकी छन् ।

उनले उपसचिवबाट सहसचिव बाट बढुवा निकालेर बिहिबार नियुक्ति लिईन् । आईतबारबाट पदभार ग्रहण गर्ने संघीय संसद सचवालयले जनाएको छ । 

गोरखा पालुङटारकी निर्मलाले २०६६ सालमा शाखा अधिकृत भएर निजामती सेवामा प्रवेश गरेको समाचार दैनिकसँगको कुराकानीमा उनले बताईन । लामिछाने ०७१ सालमा उपसचिव र अहिले ७५ सालमा सहसचिव बनिन् । 

 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर