प्रदेश दुईमा पहिलो दिन एसईई परीक्षा शान्तिपूर्ण 

जनकपुरधाम । आजबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा एसईईको पहिलो दिन प्रदेश दूई भरी शान्तिपूर्ण रुपमा अंग्रेजी विषयको परीक्षा सम्पन्न भएको छ । 

बिहान ८ बजेबाट सुरु भएको अंग्रेजी विषयको परीक्षा १० बजेर १५ मिनेटसम्म चलेको थियो । यस वर्षको एसईई परीक्षामा प्रदेश दुईबाट ७२ हजार ४९ जना विद्यार्थी सहभागी भएका छन् ।

जसमा धनुषाबाट ११ हजार १ सय ८८, महोत्तरीबाट ८ हजार १३, सर्लाहीबाट ९ हजार ५ सय २३, रौतहटबाट ७ हजार ६ सय ६९, सप्तरीबाट ९  हजार ९८, सिरहाबाट १० हजार ४५, बाराबाट ८ हजार १ सय २४ र पर्साबाट ८ हजार ३ सय ८९ जना विद्यार्थी सहभागी भएको परीक्षा निर्देशनालयका र्निेशक रामाकान्त शर्माले जानकारी दिएका छन् । 

एसईई परीक्षालाई व्यवस्थित बनाउनका लागि प्रदेशभरी २ सय ६३ केन्द्राध्यक्ष, ३ सय ४५ सह केन्द्राध्यक्ष, ३ हजार ४ सय ३६ निरिक्षक, ५ सय ८६ परिक्षा सहायक र १ हजार २ सय ८१ कार्यालय सहयोगी खटाइएको छ । परीक्षालाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउनका लागि परीक्षा केन्द्रहरुमा १५ जना सुरक्षाकर्मी समेत परिचालन गरिएको छ ।   

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर