नेप्सेमा लगातारको गिरावट, कारोबार पनि घट्यो

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार परिसुचक नेप्से घटेको छ । आज नेप्से सुचक ५ दशमलव ७८ अंकले घटेर १ हजार १ सय ३४ दशमलव ८० को बिन्दुमा आइपुगेको छ । गतसाताको अन्तिम दिन बिहीबार पनि नेप्से सूचक करिब ७ अंकले घटेको थियो । 

नेप्से सुचक घटेसँगै आज कारोबार रकममा पनि कमी आएको छ । नेपाल स्टक एक्चेञ्जका अनुसार आइतबार १६४ कम्पनीको २३ करोड ५ लाख ९७ हजार४०१ रुपैयाँको सेयर किनबेच भएको छ । अघिल्लो कारोबार दिन बिहीबार २७ करोड २४ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको थियो । 

कारोवार भएका दश उपसमूहमध्ये आज जलविद्युत समूहको मात्रै सेयर भाउ बढेको छ । बाँकी नौ समूहमा भने गिरावट आएको छ । जसमध्ये नीर्जिवन बीमा समूह ५४ दशमलव ६ढ अंकले घटेको छ । त्यस्तै जीवन बीमा समूह ४३ दशमलव १४ अंकले घटेको छ । 

आइतबार सबैभन्दा बढी आशा लघुवित्तको सेयर किनबेच भएको छ । कम्पनीको एक करोड ५५ लाखरुपैयाँ भन्दा बढीको सेयर कारोबा भएको हो । त्यसैगरी, सिद्धार्थ बैंकको संस्थापक र नागरिक लगानी कोषको पनि एक करोडभन्दा बढी रुपैयाँको सेयर खरिदबिक्री भएको हो । 

यसदिन सर्वाधिक कमाउनेमा नागवेली लघुवित्तका सेयरधनी रहेका छन् भने सर्वाधिक गुमाउनेमा युनिभर्सल पावर कम्पनीको लगानीकर्ता रहेका छन् । आजैबाट कारोबार शुरु भएको युनिभर्सल पावर कम्पनीको सेयर भाउ १० प्रतिशतले घटेको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर