प्रदेश पाँचमा एसइइमा झण्डै ९ सय अनुपस्थीत

बुटवल । यस वर्षको माध्यमिक शिक्षा परिक्षा एसइइ परिक्षामा प्रदेश ५ बाट झण्डै ९ सय विद्यार्थी अनुपस्थीत भएका छन । प्रदेशमा ७८ हजार ६ सय ५७ विद्यार्थीले कक्षा १० मा अध्यानरत गरेकोमा परिक्षा फारम भर्ने समयमा ९ सय भन्दा पनि बढी विद्यार्थी सहभागि भएनन । प्रदेश पाचको सामाजिक विकास मन्त्रालय शिक्षा विकास निर्देशनालयका निर्देशक जीतवहादुर शाहका अनुसार यस प्रदेशबाट ७ हजार ७ सय ७४ जनाले परिक्षा फारम भरेका थिए ।
आइतवार पहिलो दिनको परिक्षामा ७६ हजार ८ सय ५४ सहभागि भएको र ८ सय ८८ जना अनुपस्थीत भएको बताए । प्देशबाट १४ जना अपाङ पनि परिक्षामा सामेल भएका छन । 
प्रदेश पाचमा  प्राविधिक तर्फका २ हजार ३९ विद्यार्थी रहेका छन ।


१२ हजार कर्मचारी, परिक्षा केन्द्र ३ सय
प्रदेश पाचमा एसइइको परिक्षाका लागि झण्डै १२ हजार जनशक्ति परिचालन भएको छ । निर्देशक शाहाका अनुसार केन्द्राध्यक्ष ३ सय २३, सहायक केन्द्राध्यक्ष ३ सय ९९,निरिक्षक ३ हजार ८ सय २६, सहायक कर्मचारी २ हजार ३ सय ४० जना खटाइएको छ । त्यस्तै सुरक्षाकर्मी ४ हजार ८ सय ४५ जना परिचालन गरिएको निर्देशक शाहले बताए । 


साढे १४ लाख उत्तरपुस्तीका 
परिक्षाको तयारी गर्ने क्रममा शिक्षा निर्देशनालयले साढे १४ लाख उत्तरपुस्तीकाहरु जिल्ला जिल्लामा पठाएको छ । जसमा मुल उत्तरपुस्तीका ८ लाख ४९ हजार रहेका छन । त्यस्तै थप उत्तरपुस्तीका ५ लाख ९४ हजार ३ सय गरी १४ लाख ४३हजार ३ सय उत्तरपुस्तीका १२ जिल्लामा पठाइएको छ ।
प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तरगतको शिक्षा निर्देशनालयले प्रदेशमा एसइइको परिक्षा सम्पन्न गर्न २ करोड ९५ लाख ६७ हजार ५ सय २५ रुपैया निकासा गरेको छ । यो रकम जिल्ला जिल्लामा पठाइएको छ ।

यस मध्ये इकाइका लागि २७ लाख ९४ हजार ७ सय ९५ रुपैया र परिक्षा केन्द्रका लागि २ करोड ६७ लाख ७२ हजार ७ सय ३० रुपैया पठाइएको छ । यसरी पठाइएको बजेट खर्च गर्ने विभिन्न आधारहरु तय गरिएको छ । यो बजेट केन्द्राध्यक्षको पारिक्षमिक देखि उत्तरपुस्तीका ढुवानीसम्म विभिन्न शिर्षकमा खर्च गर्ने गरी तय गरिएको छ ।


उत्कृष्ट परिक्षा केन्द्रलाई एक लाख पुरस्कार
शिक्षा निर्देशनालयले  मर्यादित रुपमा परिक्षा सञ्चालन भएको केन्द्रलाई पुरस्कृत गर्ने गरी बजेटको ब्यवस्था पनि गरेको छ । प्रत्येक जिल्लाबाट एक उत्कृष्ट केन्द्रलाई एक लाख रुपैया पुरस्कार दिइने बताइएको छ । निर्देशक शाहले १२ जिल्लाका एक एक वटा केन्द्र गरी १२ वटालाई पुरस्कृत गरिने बताए । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर