• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

अफगानिस्तानमा ९ लडाकू मारिए

अस्सादाबाद । अफगानिस्तानको पूर्वी कुनार प्रान्तमा दुई विद्रोही समूहहरु तालिबान र इस्लामिक स्टेटका लडाकूहरुबीच भएको झडपमा नौ जना लडाकू मारिएको अफगान सेनाले जनाएको छ । 

सेनाले आइतबार जारी गरेको विज्ञप्तिमा मारिने लडाकूहरुमा अधिकांश इस्लामिक स्टेटसँग आबद्ध रहेको उल्लेख छ । भिडन्तमा अरु १४ जना इस्लामिक स्टेटका लडाकूहरु घाइते भएका छन् । 

अफगानिस्तानमा सक्रिय यी दुबै समूहले खासगरी सरकार विरुद्ध सशस्त्र सङ्घर्ष गरेपनि दुबै पक्षबीच बिरलै झडप हुने गरेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर