• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

हेमन्तप्रकाश ओलीसहित ९ जनाविरुद्ध चारवटा मुद्धामा अनुसन्धान

काठमाडौ । काभ्रेबाट  पक्राउ परेका प्रतिबन्धित  ‘विप्लव’ नेतृत्वको नेकपाका मध्य केन्द्रीय कमान्डर हेमन्तप्रकाश ओलीसहित ९ जनाविरुद्ध प्रहरीले चारवटा मुद्धामा अनुसन्धान अगाडि बढाएको छ।

ललितपुर प्रहरी परिसरले हातहतियार तथा खरखजना, विस्फोटक पदार्थ, संगठित अपराध र राज्यविरुद्धको अपराधसहित चारवटा मुद्धामा उनिहरुलाई जिल्ला अदालतमा म्याद थपेर अनुसन्धान बढाएको हो। ललितपुरको नख्खुमा भएको बम विस्फोटको जिम्मा सुदर्शनले पार्टीका तर्फबाट लिएका थिए।

त्यस घटनामा एक जनाको ज्यान गएको थियो भने दुई जना घाइते भएका थिए। नख्खु विस्फोटको जिम्मा पार्टीले नै लिएकाले यसमा संगठित अपराध मुद्धा आकर्षित हुने प्रहरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर