• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

राष्ट्रिय सभाको तेस्रो अधिवेशन : ३२ घण्टा ४० मिनेट बैठक

काठमाडौ । राष्ट्रिय सभाको तेस्रो अधिवेशन आइतबार अन्त्य भएको छ ।  तेस्रो अधिवेशनको पहिलो बैठक २०७५ साल पुस ११ गते बुधबार दिनको ४ः०० प्रारम्भ भई आज २०७५ साल चैत्र १० गते आइतबारसम्म जम्मा ८९ दिन चालु रह्यो । यस अवधिमा बैठक बसेका २७ दिनहरुमा सभाका ३५ वटा बैठक सम्पन्न भई ३२ घण्टा ४० मिनेट संसदीय कामकारबाहीमा समय व्यतित भयो । 

यस अधिवेशन अवधिमा “कर्मचारी समायोजन अध्यादेश, २०७५” सभा समक्ष पेश भई २०७५ पुस २० गते स्वीकृत गरियो ।

सभाले मिति २०७५ साल पुस १३ को बैठकबाट “राष्ट्रिय सभा नियमावली, २०७५ संशोधन मस्यौदा समिति गठन गरी मिति २०७५ फागुन ३० गतेकोे बैठकबाट “राष्ट्रिय सभा पहिलो संशोधन नियमावली, २०७५” लाई पारित गरेकोे थियो ।

स अधिवेशन अवधिमा देहाय बमोजिमका १८ वटा विधेयकहरु पारित गरेकोे छ ।
ड्ड    सभामा उत्पत्ति भई पारित गरिएका विधेयकहरु 
ज्ञ।    बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ९दोस्रो संशोधन० विधेयक, २०७५
द्द।    संकटापन्न वन्यजन्तु तथा बनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ९पहिलो संशोधन० विधेयक, २०७५
घ।    प्रदेश लोक सेवा आयोग ९आधार र मापदण्ड निर्धारण० विधेयक, २०७५
द्ध।    जेष्ठ नागरिक सम्बन्धी ९पहिलो संशोधन० विधेयक, २०७५
छ।    नागरिक लगानी कोष ९दोस्रो संशोधन० विधेयक, २०७५
ट।    विज्ञापन नियमन गर्ने सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५
ड्ड    प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त भई सभाबाट पारित गरिएका विधेयकहरु 
ज्ञ।    भुक्तानी तथा फस्र्यौट विधेयक, २०७५ 
द्द।    कर्मचारी समायोजन विधेयक, २०७५
घ।    निवृत्तभरण कोष विधेयक, २०७५ 
द्ध।    नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५
छ।    केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५ 
ट।    सार्वजनिक–निजी साझेदारी तथा लगानी विधेयक, २०७५
ठ।    लेखा परीक्षण विधेयक, २०७५
ड।    जीवनाशक विषादी व्यवस्थापन विधेयक, २०७५”
ढ।    विशेष आर्थिक क्षेत्र ९पहिलो संशोधन० विधेयक, २०७५”
ज्ञण्।    राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५”
ज्ञज्ञ।    विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक, २०७५
ज्ञद्द।    भूउपयोग विधेयक, २०७५

 यस अधिवेशन अवधिमा संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्रप्रसाद अधिकारी, पूर्व सांसदहरु चक्रप्रसाद बाँस्तोला, पद्मरत्न तुलाधर, मोतिदेवी थारु, कमलादेवी शर्मा, भरतमोहन अधिकारी, गणेश पण्डित र जीतबहादुर पुरीको निधन भएकोमा सभाबाट शोक प्रस्तावहरु पारित गरियो ।
यस अधिवेशन अवधिमा सभाको सुन्य समय र विशेष समयमा माननीय सदस्यहरुले उठाउनु भएका समसामयिक विषयहरुमा माननीय गृहमन्त्री रामबहादुर थापा, माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल, माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादव, माननीय कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल र माननीय भौतिक पूर्वाधार तथा योजना मन्त्री रघुबीर महासेठले सभा समक्ष जवाफ प्रस्तुत गरे । 

सभाको चालू तेस्रो अधिवेशन अवधिमा माननीय डा। विमला राई पौड्याल, माननीय रामनारायण विडारी र माननीय काली बहादुर मल्लले संयुक्त रुपमा दर्ता गर्नु भएको ध्यानाकर्षण प्रस्ताव माथि माननीय वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतले सभामा जवाफ दिए । 


१    सभामा उत्पत्ति भई पारित गरिएका विधेयकहरु 
२    बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग दोस्रो संशोधन विधेयक, २०७५
३    संकटापन्न वन्यजन्तु तथा बनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ९पहिलो संशोधन० विधेयक, २०७५
४    प्रदेश लोक सेवा आयोग ९आधार र मापदण्ड निर्धारण० विधेयक, २०७५
५    जेष्ठ नागरिक सम्बन्धी ९पहिलो संशोधन० विधेयक, २०७५६    
६    नागरिक लगानी कोष ९दोस्रो संशोधन० विधेयक, २०७५    
७    विज्ञापन नियमन गर्ने सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५
८    प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त भई सभाबाट पारित गरिएका विधेयकहरु 
९    भुक्तानी तथा फस्र्यौट विधेयक, २०७५ 
१०    कर्मचारी समायोजन विधेयक, २०७५
११    निवृत्तभरण कोष विधेयक, २०७५ 
१२    नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५
१३    केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५ 
१४    सार्वजनिक–निजी साझेदारी तथा लगानी विधेयक, २०७५
१५    लेखा परीक्षण विधेयक, २०७५
१६    जीवनाशक विषादी व्यवस्थापन विधेयक, २०७५”
१७    विशेष आर्थिक क्षेत्र ९पहिलो संशोधन० विधेयक, २०७५”
१८    राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५”
१९    विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक, २०७५
२०    भूउपयोग विधेयक, २०७५

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर