प्रदेश ५ मा क्षयरोगबाट एक बर्षमा २ सय ३८ जनाको मृत्यु

बुटवल । प्रदेश ५ मा  क्षयरोगका कारण एक बर्षमा २ सय ३८ जनाको मृत्यु भएको छ । प्रदेश ५ का १२ जिल्लामा  क्षयरोगको कारण गत आर्थिक वर्षमा उनीहरुको मृत्यु भएको हो । चालु आर्थिक वर्षको तंथ्याक भने अझै उपलब्ध भएको छैन । 
बिश्व क्षयरोग दिबसको अबसरमा  प्रदेश नं ५ स्वास्थ्य निर्देशनालयले  आइतवार  गरेको  पत्रकार अन्र्तकृया कार्यक्रममा वोल्दै प्रदेश ५ का स्वास्थ्य निर्देशक दिनेश कुमार चापागाईले आर्थिक वर्ष ०७४।०७५ मा प्रदेश ५ मा ४७ हजार ५ सय ८२ जनाको बिभिन्न बिधिवाट परिक्षण गर्दा  ७ हजार २९ जना क्षयरोगका बिरामी फेला परेको बताए ।
उनले क्षयरोग चुनौतीका रुपमा रहेको बताए । उनले प्रदेश नं ५मा ६ सय ९० क्षयरोग उपचारकेन्द्र १ सय १५ प्रयोगशाला ११ बटा जिन एक्सपर्ट केन्द्र वाट औषधी तथा उपचार गर्ने गरेको बताए ।
कार्यक्रममा वोल्दै  प्रदेस ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले सबैको सहयोग सहकार्यबाटमात्र प्रदेशलाई क्षयरोग मुक्त प्रदेश बनाउन सकिने बताए । 
 हजारौ स्वास्थ्यकर्मी परिचालन गर्दा र निशुल्क औषधी उपचारगर्दा पनि विरामीको संख्या बढ्ने र मृत्यूको दर आकासिनु दुखद विषय भएको मन्त्री बरालको भनाइ थियो । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर