कलाकार अशाेक दर्जीलै कुट्नेविरुद्ध दिए निवेदन 

विराटनगर । बालकलाकार अशोक दर्जीलाई केही युवकहरुले कुटपिट गर्नेविरुद्ध उनले उजुरी दिएका छन् । गायक दर्जीले आफूमाथि अन्याय भएको र योजनाबद्ध रूपमा फसाइएको भन्दै इलाका प्रहरी कार्यालय अनारमनी, झापामा दिएको लिखित निवेदन पनि सार्वजनिक भएको छ ।

केही सेकेन्डको भिडियो हिजो राति अभियन्ता विनयजंग कुँवर र पूजा कुँवरले सेयर गरेका थिए । अशोक खराब संगतमा परेको उनीहरुको भनाइ छ ।

कुटपिटकाे भिडियाे भाइरल भएपछि सर्वत्र चासाे बढेकाे थियाे । सोमबार सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै अभिनेत्री ढुंगानाले दर्जीलाई बदनाम गर्न खोजिएको उल्लेख गरेकी छन्।

नीताले उक्त भिडियोले आफूलाई दुःखी बनाएको उल्लेख गर्दै लेनदेन सम्बन्धित विषय हो भने निष्पक्ष रुपमा छानबिन हुनुपर्ने बताइन्।

उनले भनिन्–‘कसैको गल्ती भए पनि कानुनी प्रक्रिया र मानवीय व्यवहारभन्दा बाहिर गएर गालीगलौज, कुटपिट तथा सामाजिक रूपमा अपमानित गर्नु कुनै पनि हिसाबले स्वीकार्य हुन सक्दैन।‘

उनले उक्त घटना अहिलेको नभएर धेरै समय अघिको भएको बताएकी छिन्। उनले भिडियो पहिला नै किन नहालिएको भन्दै प्रश्न उठाएकी छन्।

हाल भाइरल भइरहेको भिडियोमा पैसाको विवादलाई लिएर रातको समय केही अपरिचित युवाहरूले उनलाई घेरेर पटकपटक थप्पड हानिरहेको तथा अभद्र गाली गरिरहेको देख्न सकिन्छ।

‘पैसा कहिले दिने, गायक मान्छे भएर अर्काको पैसा खाने’ जस्ता आरोप लगाउँदै उनलाई थप्पड हानिरहेको भिडियोमा स्पष्ट छ। पृष्ठभूमिमा अर्का एक व्यक्तिले रोक्न खोजे पनि ती युवकले क्यामराकै अगाडि अशोकमाथि हातपात गरिरहन्छन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर