• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

पाल्पामा दृष्टिविहिन छात्राले दिइन् एसइई

पाल्पा । पाल्पाको दमकडा नमुना माविबाट एक जना दृष्टिविहिन विद्यार्थीले परीक्षा दिएकी छन् ।

तानसेन नगरपालिका, ९ को दमकडा केन्द्रमा दृष्टिविहिन छात्रा सन्ध्या पराजुलीले परीक्षा दिएकी हुन् । दमकडा मावि केन्द्रमै माथागढी गाउँपालिका ३ कसेनीको दिव्यजोती माध्यमिक विद्यालयकका छात्रा भीमबहादुर आलेले पनि परीक्षा दिएका छन् । दुबै जनालाई सहयोगी राखेर परीक्षा दिलाइएको छ । पाल्पामा दृष्टिविहिन विद्यार्थी पढाइ हुने एकमात्र विद्यालय दमकडा माविमा दुवैजना विद्याथीले परिक्षा दिएका हुन ।

२०६३ सालदेखि यस विद्यालयबाट दृष्टिविहिनले एसएलसी÷एसईई परीक्षा दिन थालेका हुन् । दृष्टिविहीन विद्यार्थीलाई गणित पढ्न र बुझ्न मुस्किल हुन् विद्यँर्थीका गुनासो रहेको छ । गणित र अंगे्रजी बुझ्न सकियो भने अरु समस्या हुदैन । गणितमा ज्यामितिका चित्रहरु, बीजगणित बुझ्न र बुझाउन कठिन गरेको दृष्टीबिहीन छात्रा सन्ध्या पराजुलीले बताईन ।
माध्यमिक शिक्षा परीक्षा (एसईई) मा पाल्पामा पहिलो दिन अंग्रेजीको परीक्षामा ५९ जना परीक्षार्थी अनुपस्थित भएका छन् ।

२६ वटा परीक्षा केन्द्र रहेको पाल्पामा नियमिततर्फका ४८ जना र ग्रेड वृद्धितर्फ ११ जना अनुपस्थित भएका हुन् । पाल्पामा ५ हजार ३८ विद्यार्थीहरु परीक्षामा सहभागी भएका छन् । कारागारबाट एक जना अर्घाखाँची र एक जना पाल्पाकै बाँकामलाङका विद्यार्थीले परीक्षा दिएको शिक्षा विकास तथा समन्वय एकाईले पाल्पाले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर