आज साउन १५ : स्वादिलो खिर कसरी बनाउने ?
काठमाडौँ । आज साउन १५ गते अर्थात खिर र खाने दिन । मुलुकका विभिन्न स्थानमा यस दिनलाई विशेष महत्वका रुपमा खिर खाएर मनाइने गरिन्छ ।
विशेष परिकारका रूपमा पकाइने गरिएको खिरलाई स्वादिष्ट एवम् स्वास्थ्यवर्दक खानाको रूपमा लिइन्छ । चामल, दूध, नरिवल, चिनी लगायतका अन्य चिजहरु हालेर खिर बनाउने चलन छ । खीर उच्च क्यालोरी भएको खाना हो ।
तपाईं पनि खिरको यो रेसिपी हेरेर घरमा खिर बनाएर ट्राई गर्न सक्नु हुन्छ।
चाहिने सामग्रीः
२ लिटर दूध
२०० ग्राम ताइचिन चामल
१÷२ कप चीनी (४ ठूलो चम्चा )
१०–१५ किशमिश
४ हरीयो इलायची
१०–१२ बदाम , टुक्रा टुक्रा पार्ने
५–१० काजु
१ ठूलो चम्चा घ्यु
बनाउने विधिः
- पहिले चामल राम्रो सँग पखाली २० मिनट जति भिजाउनुहोला ।
- अब कराईमा दूध उमालनुहोस्।
- अब आगो सानो पारेर चामल हाल्नुहोस्।
- चामललाइ सानो आगोमा ४०–४५ मिनट पाक्न दिनुहोला, बेला बेला मा डाडूले चलाइराख्नु ।
- अब इलायची, चीनी र किशमिश हाल्नुहोला।
- यसलाई चीनी पुरै नघुले सम्म लगातार चलाइराख्नुहोला।
- अब घ्यु हाल्नुहोला अनि आगो बन्द गर्दिनुहोला ।
- सजाउन को लागि बदाम र काजु हाल्नुहोला।
- चिसो बनाइँ या तातो खिर सर्व गर्नुहोला।







प्रतिकृया दिनुहोस