• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

उपत्यकामा नै निजी आवास पुनःनिर्माणको गति सुस्त

काठमाडौँ ।  भूकम्पले क्षति भएको चार वर्ष बितिसक्दा पनि तारकेश्वर नगरपालिकामा हालसम्म २३ प्रतिशत मात्रै निजी आवास पुनःनिर्माण गरिएको छ । 


सानो क्षेत्रफलमा बनेका घर, बहुस्वामित्वका घर, जग्गाधनी पूर्जा नभएका, गुठीको जग्गामा बनेका घर र क्षतिग्रस्त घर भत्काउँदासँगै रहेका घरलाई समेत क्षति पुग्ने भएकाले त्यस्ता घरलाई के गर्ने भन्ने स्पष्ट नीति नभएकाले निजी आवास पुनःनिर्माण अघि बढ्न नसकेको नगर प्रमुख रामेश्वर बोहोराले बताए ।

नगरपालिकामा पुनःनिर्माणको जम्मा लाभग्राही सङ्ख्या छ हजार १५१ लाभग्राही रहेकामा एक हजार ४५७ लाभग्राहीले मात्रै निजी आवास निर्माण सकेको कार्यालयले जनाएको छ । प्रवलीकरणबाट सजिलै पुनःनिर्माणमा जान सकिए पनि पुनःनिर्माणबाट प्रवलीकरणमा जान सजिलो छैन । 

पुनःनिर्माणका लागि थप रकम सरकारले दिने अनुदानभन्दा धेरै रकम जुटाउनुपर्ने र प्रवलीकरणका बारेमा स्थानीयवासी नै स्पष्ट हुन नसकेका कारण निजी आवास पुनःनिर्माणको गति सुस्त भएको नगरपालिकाका वरिष्ठ इञ्जिनीयर शशि गुरुङले जानकारी दिए । 

उनका अनुसार हाल नगरपालिकामा पहिलो किस्ता लिने पाँच हजार १६९ र दोस्रो किस्ता लिने एक हजार ७९२ लाभग्राही रहेको छ । त्यस्तै तीन हजार ४०० लाभग्राहीले पहिलो किस्तावापतको रु ५० हजार अनुदान लिएर निजी आवास पुनःनिर्माण शुरुआत नै गरेका छैनन् । धेरैजसो घर गुठी जग्गामा बनेका थिए । 

धेरैले प्रवलीकरणलाई सामान्य मर्मत गरे पुग्छ भनेरै पुनःनिर्माणबाट प्रवलीकरणा आउन चाहदैनन् । एक व्यक्तिले विविध कारण देखाइ निजी आवास पुनःनिर्माणस्वरुप लिएको पहिलो किस्ता रु ५० हजार फिर्ता गरेको कार्यालयले जनाएको छ । रासस
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर