• २०८३ श्रावण १६ शनिबार
  • Saturday, 1 August, 2026

कांग्रेस नेतासमेत रहेका थापा पक्राउ नपर्दै तारेखमा रिहा

काठमाडौं । राहदानी अनियमितता मुद्दाको सुरुमा फरार भएपनि अहिले सुनुवाइका लागि आफैँ विशेष अदालतमा हाजिर भएका सिद्धार्थ थापा साधारण तारेखमा रिहा भएका छन् । विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य र सदस्य हेमन्त रावलको इजलासले कांग्रेस युवा नेतासमेत रहेका उनलाई साधारण तारेखमा राख्न आदेश दिएको हो ।

उनका विरुद्ध प्रहरीले वरिुद्ध गैरकानुनी लाभहानी अन्तर्गत १० अर्ब १३ करोड ४ लाख ६१ हजार रूपैयाँ बिगो दाबी गरेको थियो । तर, विशेष अदालतले सामान्य धरौटी पनि नलिई साधारण तारेखमा छोडेको हो ।

उनका बाबु कांग्रेसका राष्टि्रय सभा सदस्य हुन् भने हजुरबुबा पूर्वपञ्च तथा प्रधानमन्त्री सूर्यबहादुर थापा हुन् ।

असार २ गते राहदानी विभागका महानिर्देशक तीर्थ अर्यालसँगै नै पक्राउ सूचीमा रहेका उनी ‘छोरीको बर्थ डे’ भनेर विदेश गएका थिए । उनी राहदानी छपाइको ठेक्का पाएको जर्मन कम्पनी भेरिडोस जीएमबीएचका नेपाली एजेण्ट हुन् ।  

ई-पासपोर्ट खरदि प्रक्रयिामा भेरएसिन आदेशको दुरुपयोग गरी राज्यलाई आर्थिक भार पारेको आरोपपछि महानिर्देशक अर्याल पक्राउ परेका थिए । प्रतस्पर्धात्मक टेण्डर नगरी पुरानै आपूर्तकर्तिा थापासँग सम्झौता थप्दा राज्यलाई घाटा परेको आरोप थियो ।

राहदानी वभिागले पाँच वर्षका लागि ६४ हजार थान ई-पासपोर्ट खरिद गर्न २०८१ मंसरिमा टेण्डर नकिालेको थियो । डेढ महनिाको छोटो अवधि तोकेर निकालिएको उक्त टेण्डर प्रारम्भकि चरणबाटै वादविवाद परेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर