• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

नुवाकोटको तुप्चेस्थीत आदर्श जनकल्याण युवा क्लवले एम्वुलेन्स खरिद गर्ने

नुवाकोट । देशका युवाहरु रोजगारका लागी बैदेशिक रोजगारका आकर्षित भइरहेका बेला नुवाकोटका युवाहरु भने स्थानीय स्तरको बिकास र समृद्धिमा जुटेका छन् ।

बिभिन्न सामाजिक कार्यमा अग्रसर रहेको नुवाकोटको विदुर नगरपालीका–७ तुप्चेस्थीत आदर्श जनकल्याण युवा क्लव आवद्ध युवाहरु भने एम्वुलेन्स खरिदको मिसनमा लागेका हुन् । तुप्चेमा एम्वुलेन्स भित्राउन प्रदेश ३ को राजधानी हेटौडादेखि बिभिन्न निकायमा धाएका उनीहरु अहिले भने एम्वुलेन्स खरिदका लागी सहयोग संकलनमा जुटेका छन् ।

एम्वुलेन्स भित्राउन उनीहरुलाई स्थानीय सर्वसाधारणहरुले समेत साथ दिएका छन् । उनीहरुको अभियानलाई साथ दिएर सर्वसाधारणहरुले पनि आफुले सक्ने सहयोग गरिरहेका छन् । एम्वुलेन्स खरिदका लागी सहयोग संकलनमा रु ५ सय देखि १ हजार प्रदान गर्नेलाई सम्मान गर्ने, १ हजार १ देखि ५ हजार सम्म सहयोग  गर्नेलाई सम्मान पत्र सहितको सम्मान गरिने क्लवका सचिव रामशरण प्याकुरेलले जानकारी दिए ।

त्यस्तै १० हजार १ देखि १५ हजार सम्म एम्वुलेन्स सञ्चालक समितिको सल्लाहकारका साथै दोसल्ला सम्मानपत्रका साथ सम्मान गर्ने प्याकुरेलले बताए । साथै त्यो भन्दा बढि सहयोग गर्नेलाई बिशेष सम्मान सहित सञ्चालक समितिमा बिशेष भूमिकामा राखिने क्लवले जनाएको छ । एम्वुलेन्स खरिद पछि त्यसको बिमा, नामसारी लगाएत सवै खर्च भने क्लव नै व्यहोनुपर्ने बताएको छ । स्वास्थ क्षेत्रमा सेवा पुर्याउने उदेश्य सहित गाउँ टोलबासिको माग अनुसार एम्बुलेन्स खरिद प्रकियाको अन्तिम चरणमा पुगिसकेको सचिव प्याकुरेलले जनाए । 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर