• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

नेदरल्याण्ड्समाथि जर्मनीको रोमाञ्चक जित

एजेन्सी । युरोकप छनोट अन्तर्गत जर्मनीले नेदरल्याण्ड्स माथि रोमाञ्चक जित निकालेको छ ।

जर्मनीले नेदरल्याण्ड्सलाई तीन दुई गोल अन्तरले हरायो । खेलको १५ औं मिनेटमा सानेले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए ।

त्यसपछि ३४ औं मिनेटमा नाब्रेले गोल गर्दै पहिलो हाफमा जर्मनी दुई शुन्यले अगाडी रह्यो । तर नेदरल्याण्ड्सले त्यसपछि दोस्रो हाफमा १५ मिनेटमा दुई गोल फकाउदै सनसनी मच्चाएको थियो ।

उसका लागि डी लिग्ट र डीपेले एक एक गोल गरे । तर खेलको ९० औं मिनेटमा सुर्लेले गोल गर्दै जर्मनीलाई रोमाञ्चक जित दिलाए ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर