फिल्म ‘यात्रा’को प्रमोसन कलेज क्याम्पियनबाट सुरु

 काठमाडौं । फिल्म ‘यात्रा’को प्रमोसनको क्रममा हात्तिवनमा रहेको लिटल एन्जल्स कलेजमा पुगेका छन् । एलए कै तेस्रो वर्षमा अध्यनरत विधार्थीको आयोजना रहेको’एलए कल्चर फेस्ट २०१९’ को समापन समारोहमा सलिन आफ्नो यात्रा टिम सहित पुगेका थिए ।

सलिनसँगै डेब्यु गर्ल मलिका महत , सलोन बस्नेत , जान्हवी बस्नेत , प्रेक्षा बज्राचार्य , रेअर राई , विशाल कटवाल लगायतले उक्त फेस्टका विनरलाई प्राइज वितरण गर्दै फिल्मको बारेमा जानकारी समेत गराउदै चट्ट रुमालमा डान्स समेत गरे ।

 सम्राट शाक्यको डेब्यु निर्देशन रहेको फिल्ममा सलिनसँगै , सलोन बस्नेत , जान्वी बस्नेत , जय नन्द लामा , रेअर राई , प्रेक्षा बज्राचार्य , धिरेन शाक्य , राजाराम पौडेल , विशाल कटवाल , समृद्धि राई , योगेश जंग कुँवर , इश्वर पौडेल , नानीकाजी डंगोल , राजेश बिसुराल , इश्वर पौडेल , देशभक्त खनाल , कमल मैनाली , सौगात शर्मा लगायतको अभिनय रहनेछ । यसैफिल्म मार्फत मल्लिका महतले डेब्यु गर्दै््छिन भने यसमा विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहनेछ । 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर