ग्वार्काे फ्लाइओभर दुर्घटना अपडेटः एक जनाकाे मृत्यु

काठमाडाैं । ललितपुरको ग्वार्कोस्थित फ्लाई ओभरको भित्तामा बस ठोकिँदा भएको दुर्घटनामा १ जनाको मृत्यु भएको छ। 

सो दुर्घटनामा अन्य १७ जना यात्रु घाइते भएकाे जिल्ला प्रहरी परिसर ललितपुरले जनाएकाे छ ।

दुर्घटनामा अन्दाजी ४० वर्षीया मनिषा तामाङको मृत्यु भएको प्रहरीकाे भनाइ छ ।

बिहीबार बिहान साढे १० बजेतिर कोटेश्वरबाट ग्वार्कोतर्फ जाँदै गरेको  बा.२ ख ३५९० नम्बरको बस दुर्घटनामा परेको हो। 

प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ। दुर्घटनाको खबरपछि नेपाल प्रहरी र शसस्त्र प्रहरी उद्धारमा खटिएका थिए। 

घाइते ९ जनालाई उपचारको लागि बीएन्डबी अस्पताल ग्वार्को र ७ जनाको ग्लोबल अस्पतालमा उपचार भइरहेकाे छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर