ग्वार्काे फ्लाइओभर दुर्घटना अपडेटः एक जनाकाे मृत्यु
काठमाडाैं । ललितपुरको ग्वार्कोस्थित फ्लाई ओभरको भित्तामा बस ठोकिँदा भएको दुर्घटनामा १ जनाको मृत्यु भएको छ।
सो दुर्घटनामा अन्य १७ जना यात्रु घाइते भएकाे जिल्ला प्रहरी परिसर ललितपुरले जनाएकाे छ ।
दुर्घटनामा अन्दाजी ४० वर्षीया मनिषा तामाङको मृत्यु भएको प्रहरीकाे भनाइ छ ।
बिहीबार बिहान साढे १० बजेतिर कोटेश्वरबाट ग्वार्कोतर्फ जाँदै गरेको बा.२ ख ३५९० नम्बरको बस दुर्घटनामा परेको हो।
प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ। दुर्घटनाको खबरपछि नेपाल प्रहरी र शसस्त्र प्रहरी उद्धारमा खटिएका थिए।
घाइते ९ जनालाई उपचारको लागि बीएन्डबी अस्पताल ग्वार्को र ७ जनाको ग्लोबल अस्पतालमा उपचार भइरहेकाे छ ।







प्रतिकृया दिनुहोस