जयललिताको बायोपिकमा गर्दै कंगन

एजेन्सी । रानी लक्ष्मीबाईको जिन्दगीमा आधारित ‘मर्णिकणिकाः झाँसी अफ दि क्वन’ फिल्म पश्चात कंगना रनावतले फेरी अर्को बायोपिक गर्दैछिन् ।
 कंगना अब राजनीतिक क्षेत्रकी जयललिताको बायोपिकमा देखिदै छिन् । शुक्रबार राती ट्रेन्ड एनालिस्ट तरण आर्दशले सामाजिक सञ्जाल मार्फत कंगना फाइनल भएको घोषण गरेका हुन् । 

उनले लेखेका छन, ‘कंगना रनावत छिट्टै जयललिताको भुमिकामा देखिदै छिन् । यो बायोपिक तमिल र हिन्दी दुई भाषामा बनाइने छ । एएल विजयद्वारा निर्दे्शित, केवी विजयन्द्रद्वारा लिखित र विष्णु वर्धन इन्दुरी र शैलेश आर सिंहद्वारा निर्मित ।’

जयललिताको सन २०१६ मा निधन भएको थियो । उनको राजनीतिक क्षेत्रमा साथै फिल्म क्षेत्रमा पनि पहिचान रहेको छ । शनिबार आफ्नो ३१ औं जन्मदिन मनाउँदै कंगनाले पनि जयललिताको बायोपिकमा काम गर्ने पक्का भएको बताएकी छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर