‘लप्पन छप्पन २’ काे फस्टलुक सार्वजनिक

काठमाडाैं  । चलचित्र ‘लप्पन छप्पन २’ले अपौचारिक निर्माण घोषणा गरेको छ । फेसबुकमार्फत चलचित्रको फस्टलुक पनि सार्वजनिक भएको छ । 

चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, अपर्ण थापा, अनुप विक्रम शाही, देवु श्रेष्ठ, क्यारोलिन कोलिन्डा, सुरविना कार्की, सिर्जना सिना सन्नी ढकाल र फाजिल अहमदको मुख्य भूमिका रहनेछ । चलचित्रको छायाँकन अष्ट्रेलिया र युरोपको बिभिन्न देशमा हुनेछ । 

 चिज कुमार श्रेष्ठ र प्राजपति शिवाकोटी निर्माता रहेको चलचित्रमा कार्यकारी निर्माता प्रकास कुँवर र निर्मल कुमार मिश्र हुन् । भने ‘लप्पन छप्पन २’को सह-निर्मातामा सोनु गुरुङ श्रेष्ठ र खिलेन्द्र तिम्सिना रहेका छन् । पुरुषोत्तम प्रधानको छायाँकन रहने फिल्मलाई सुरेन्द्र पौडेलले सम्पादन गर्नेछन् ।
 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर