• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

मैत्रीपूर्ण खेलमा कुवेतलाई रोक्ने प्रयासमा नेपाल

काठमाडौं । दुई खेलको मैत्रीपूर्ण खेलका लागि कुवेतमा रहेको नेपाली टोलीले आज घरेलु टोलीसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ । 

खेल नेपाली समय अनुसार राति सवा ९ बजे सुरु हुनेछ । पहिलो खेलमा नेपालले कुवेतसंग गोलरहित बराबरी खेलेको थियो । नेपाल दोस्रो खेलमा पनि उक्त नतिजालाई कायम राख्ने लक्ष्यमा हुनेछ । मलेसियासंगको मैत्रीपूर्ण खेल स्थगित भएपछि नेपालले फिफा वरियतामा ३० औं स्थान माथिको कुवेतसंग मैत्रीपुर्ण खेल खेलेको हो । 

फिफा वरियतामा नेपाल १६१ औं स्थानमा रहेको छ । कुवेत १५८ औं स्थानमा रहेको छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर