• मंगलबार ४-७-२०७६/Tuesday 07-23-2019/ 06:58 pm

एएफसी यू–२३ च्याम्पियनसिपबाट नेपाल बाहिरियो, कतारसँग ५–० ले पराजित 

काठमाडौं ।  एएफसी यू–२३ च्याम्पियनसिप छनोटमा नेपालले लगातार दोस्रो हार व्यहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ । 

कतारको दोहास्थित स्पोर्टस सिटी सेन्टरमा आइतबार राति सम्पन्न खेलमा नेपाल कतारसँग ५–० गोलअन्तरले पराजित भएपछि नेपाल समूह ए बाट बाहिरिएको हो । यसअघि नेपाल ओमनसँग पराजित भएको थियो । कतारको जितमा कप्तान बासम अल रावी र अब्दुल्लाह अल्हारकले दुई÷दुई गोल गरे भने एक गोल नेपालले कतारको लागि उपहारस्वरुप आत्मघाती गोल गरिदियो ।

 खेलको २५ औँ मिनेटमा अब्दुल्लाहले पेनाल्टीमार्फत गोल गर्दै कतारलाई सुरुआती अग्रता दिलाएका थिए । नेपालका डिफेन्डर अनन्त तामाङले कतारका खेलाडीलाई डिबक्सभित्र लडाएपछि कतारले पेनाल्टी पाएको थियो । त्यस्तै खेलको ५३ औँ मिनेटमा कप्तान अल रावीले गोल गरे । खेलको ६० औँ मिनेटमा दिनेश राजवंशीले आत्मघाती गोल गर्दै कतारको अग्रता ३–० को भयो । 

त्यसैगरी खेलको ७६ औँ मिनेटमा अल रावीले फ्रिकिकबाट व्यक्तिगत दोस्रो गोल गरे भने खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा अब्दुल्लाहले व्यक्तिगत दोस्रो गोल गर्दै कतारलाई ५–० को सहज जित दिलाए ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

राकुटेन कप : बार्सिलोना विरुद्ध चेस्लीको अग्रता

  • ७ श्रावण, २०७६

काठमाडौं । स्पेनिस लिग लिडर बार्सिलोना र ईङलिस पावर हाउस चेल्सीबीचको प्रि सिजन फ्रेण्ड्ली म्याच चलिरहेको छ । यसिया टुर अन्तर्गत जापान पुगेको

सन् २०२० भित्र २९ हजार फुटबल मैदान बनाउँदै चीन !

  • ७ श्रावण, २०७६

बेइजिङ । चीनले आगामी सन् २०२० भित्र देशभर २९ हजार फुटबल मैदान बनाउने योजना सार्वजनिक गरेको छ ।  चिनियाँ शिक्षा मन्त्रालयका एक जना वरिष्ट अधिकारी

रियलका मिडफिल्डर ड्यानी आर्सनलमा

  • ७ श्रावण, २०७६

एजेन्सी । रियल मड्रिडका मिडफिल्डर ड्यानी सेबालोसलाई आर्सनलले लोनमा लन्डन भित्र्याउने भएको छ । सन् २०१७ मा रियल बेटिसबाट रियल ट्रान्सफर भएका