• २०८३ श्रावण २५ सोमबार
  • Monday, 10 August, 2026

प्रधानमन्त्री र भारतीय राजदूतबीच के भयो कुराकानी?

काठमाडाैं । प्रधानमन्त्री बालेन शाह र भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार आज मध्याह्न उनीहरूबीच भेटवार्ता भएको हो।

प्रधानमन्त्रीलाई भेट्न राजदूत श्रीवास्तव सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय पुगेका थिए।

उनीहरूबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेट भएको सचिवालयको भनाइ छ।

भेटवार्ताका क्रममा नेपाल-भारतबीचको द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

भेटमा राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई शुभकामना व्यक्त गर्दै दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएका थिए।

प्रधानमन्त्री शाहले पनि भारतसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा जोड दिएको प्रधानमन्त्रीको सचिवालयको भनाइ छ।

'भेटवार्ताका क्रममा नेपाल-भारतबीचको द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको छ। भेटमा राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई शुभकामना व्यक्त गर्दै दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाउनुभयो। प्रधानमन्त्री शाहले पनि भारतसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा जोड दिनुभयो,' सचिवालयले भनेकाे छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर