• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

युरोकप छनोट : रसिया र वेल्सको सहज जित, क्रोयसिया स्तब्ध 

एजेन्सी । यूरोकप छनोट अन्तर्गत समुह चरणको खेलमा रसिया र वेल्स विजयी हुँदा क्रोयसिया भने पराजित भएको छ । 

 वेल्सले स्लोभाकियालाई एक शुन्यले हरायो । यस्तै अर्को खेलमा रसियाले कजाकिस्तानलाई चार शुन्य गोलले हरायो । वेल्सको जितमा डेनीयल जेम्सको एकमात्र गोल निर्णायक बन्यो । रसियाका लागि चेरीसोभले दुई गोल गरे भने जिएबाले एक गोल गरे ।

रसियाले एक गोल उपहार पाएको थियो । अर्काे खेलमा विश्वकपको उपविजेता क्रोयसिया हंगेरीसँग दुई एकले पराजित भयो । क्रोयसियाले एक गोलको अग्रता जोगाउन सकेन । खेलको १३ औं मिनेटमा रेबीकको गोलमा उसले अग्रता बनाएको थियो । तर ३४ औं मिनेटमा स्लालाइले गोल गर्दै खेल बराबरीमा पुर्याए भने ७६ औं मिनेटमा पटकेइले गोल गर्दा क्रोयसिया स्तब्ध बन्यो ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर