• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

सुनसरीमा आगलागी १२ लाख बराबरको क्षति 

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका २ अकाहा बजारमा आइतबार आगलागी हुँदा चार घर जल्दा १२ लाख मूल्य बराबरको सामग्री नष्ट भएको छ । 

आगलागीमा चार वटा घर र एक वटा चौपया जलेर नष्ट हुँदा १२ लाख बराबरको क्षति भएको हो । स्थानीय रामप्रसाद शर्मा, दिपनारायण शर्मा, बुधनारायण शर्मा र सत्नयारायण शर्माको एक÷एक वटा घर जलेर नष्ट हुनुका साथै घरभित्र रहेको अन्नपात, लत्ताकपडा, भाडावर्तन, फर्निचरका सामग्री जलेर नष्ट हुँदा करीब १२ लाख बराबरको क्षति भएको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले जानकारी दिए । 

 स्थानीय रामप्रसाद शर्माको घरमा गाईलाई खोले पकाउने क्रममा आगलागी भएको थियो । आगो स्थानीयवासी, प्रहरी र इनरुवा नरगपालिकाबाट गएको बारुणयन्त्रले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक फुयालले बताए । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर