• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

कास्कीमा प्रहरीको छापा, ८० जना नेपालीसहित विदेशी पक्राउ

कास्की । पोखराको लेकसाइडमा प्रहरीले छापा मार्दा करिब ८० जना नेपाली र विदेशी पक्राउ परेका छन् ।

वडा प्रहरी कार्यालय बैदामका प्रहरी प्रमुख डिएसपी कोमल शाहको कमाण्डमा गएको टोलीले करिब ८० जना नेपाली र विदेशीलाई पक्राउ गरेको हो ।  पोखरा ६ लेकसाइडको खहरेमा रहेको एक रेष्टुरेण्टमा डान्सपार्टी भएको  सुचनाका आधारमा प्रहरीले छापा मारेको हो । 

प्रहरीले द अफिस रेष्टुरेण्टबाट गाजा, चरेस लगायतका लागुऔषध सहित उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुलाई बैदाम चौकीमा राखीएको छ । उनीहरु सबै माथी छानविन गरी दोषीलाई कार्वाही गर्ने र निर्दोषलाई छाड्ने प्रहरीले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर