• बिहीबार १-१२-२०७६/Thursday 04-25-2019/ 05:36 pm

गण्डकी मेडिकलका अध्यक्ष अर्यालसहित फरार सञ्चालकलाई पक्रन सिआईबी परिचालन

पोखरा । गण्डकी मेडिकल कलेजका फरार रहेका अध्यक्ष खुमा अर्यालसहित ९ जनालाई पक्राउ गर्न कास्की प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरोसँग सहयोग मागेको छ । ब्युरो प्रमुख प्रहरी नायब महानिरीक्षक निरजबहादुर शाहीले फरार व्यक्तिको खोजीमा सहयोग गर्न कास्की प्रहरीले पत्र पठाएपछि टोली परिचालन गरिएको बताए ।

एमबिबिएस र नर्सिङ कार्यक्रममा अध्ययनरत विद्यार्थीले गैरकानुनी रूपमा करोडौं रकम उठाएको भन्दै अध्यक्ष अर्यालसहित ११ जनाविरुद्ध कास्की प्रहरीमा मुद्दा दर्ता गराएका थिए। तीमध्ये मेडिकल कलेजका प्रमुख कार्यकारी सन्तोष खनाल र परीक्षा नियन्त्रक लक्ष्मणप्रसाद शर्मालाई पक्राउ गरी ठगी मुद्दामा अनुसन्धान गरिरहेको कास्की प्रहरीले जनाएको छ । कलेजले झन्डै ५० करोड रूपैयाँ ठगी गरेको विद्यार्थीहरुको दाबी छ ।

कास्कीका प्रहरी उपरीक्षक ओम रानाका अनुसार अहिलेसम्म उक्त मेडिकल कलेजले ५३ करोडभन्दा बढी अवैध रूपमा उठाएको प्रारम्भिक रिपोर्ट छ । यो प्रकरणमा गण्डकी मेडिकल कलेजका अध्यक्ष खुमा अर्याललाई प्रमुख प्रतिवादी बनाइएको छ ।

त्यस्तै, प्रिन्सिपल रविन्द्रप्रसाद श्रेष्ठ, लेखा प्रमुख युवराज शर्मा, लेखा शाखाकै विश्वराज घिमिरे, हरिमाया पौडेल, स्टोर किपर कृष्ण पौडेल, काठमाडौंस्थित कार्यालयबाट विद्यार्थी भर्नामा काम गर्ने तिलक पौडेल, कर्मचारी कृष्ण घिमिरे र दिनेश पौडेलमाथि मुद्दा छ। उनीहरु विरुद्ध फागुन २२ गते नै पक्राउ पूर्जी जारी भईसकेको छ । अतिरिक्त शुल्क फिर्ता, शुल्कको बिल, भौचर दिनुपर्ने लगायत चारबुँदे माग राखेर कलेजका पाँच सय विद्यार्थी लामो समयदेखि आन्दोलनमा थिए ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

संवैधानिक आयोगले तोकिएको अधिकार प्रयोग गरी काम गर्नुपर्ने : मन्त्री ढकाल

  • १२ बैशाख, २०७६

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले संवैधानिक आयोगलाई निश्चित अधिकार तोकिएको र त्यसैमा रहेर उसले कामकारवाही

धनगढी विमानस्थल एक महिनाका लागि बन्द हुने

  • १२ बैशाख, २०७६

कैलाली । धनगढी विमानस्थल एक महिनाका लागि बन्द हुने भएको छ । धावन मार्ग अति जिर्ण भईसकेकाले स्तरोन्नतीका लागि वैशाख २२ गतेदेखि एक महिना सम्मका लागि

‘प्रदेश र स्थानीय तहले संविधानले दिएका अधिकार प्रयोग गर्न पाउनुपर्छ’ - अध्यक्ष तिमिल्सिना

  • १२ बैशाख, २०७६

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले प्रदेश र स्थानीय तहलाई संविधानले दिएका अधिकार प्रयोग गर्न संघीय सरकार सहयोगी बन्नुपर्ने बताएका