• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

विप्लव समूहका कोशी ब्युरो इन्चार्ज श्रेष्ठ पक्राउ

मोरङ । प्रतिवन्धीत विप्लव समूहका कोशी ब्युरो संयोजक घनश्याम श्रेष्ठ 'पुष्कर' लाई प्रहरीले पक्राउ गरेको छ । उनलाई गएराती  पूर्वी क्षेत्र मोरङको वयरवनबाट पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ ।

तत्कालिन माओवादी जनयुद्धका बोला उनी माओवादीका ब्यूरो सदस्य थिए । उनीसंगै प्रहरीले आकाश श्रेष्ठलाई पनि पक्राउ गरिएको स्रोतले जनाएको छ ।

यसअघि शुक्रबार राति काभ्रेबाट नेक्रवित्रम चन्द समूहका तेस्रो वरीयताका नेता एवं मध्य क्षेत्रीय कमान्ड इन्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्शन’ सहित नौ जनालाई पक्राउ गरेको थियो ।

सरकारले नेकपालाई प्रतिवन्ध लगाएसंगै सो समूहका नेता तथा कार्यकतामाथि सरकारले निगरानी बढाएको छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर