बागमती प्रदेश प्रमुखले लिङदेनको हैन, दल नेता थापाको कुरा सुने, बन्ने भयो सरकार
काठमाडौं । बागमती प्रदेश सरकारका कारण पूर्व पञ्चहरुको पार्टी राप्रपामा थप भाँडभैलो मच्चिएको छ ।
बागमती प्रदेश सरकार निर्माणमा प्रदेश प्रमुखले केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेन भन्दा प्रदेशका दल नेताको निवेदन स्वीकार गरेपछि नयाँ सरकार गठनको बाटो खुलेको हो । यसले राप्रपामा भने थप भाँडभैलो हुने देखिएको छ ।
बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नयाँ मुख्यमन्त्रीमा एमालेका किरण थापालाई नियुक्त गर्ने भएका छन् । आज ४:५ बजे मुख्यमन्त्री नियुक्त हुने र ४:२० मा शपथ समारोह राखिएको प्रदेश प्रमुखको कार्यालयले विज्ञप्तिमार्फत् जनाएको छ ।
थापालाई मुख्यमन्त्री बनाउन एमाले, नेकपा र राप्रपा गरी तीनवटा दलको समर्थनसहितको निवेदन आएको भन्दै सोही निवेदन अनुरूप सरकार गठनको कारबाही अघि बढाइने प्रदेश प्रमुखको प्रष्टीकरण छ ।
यहाँ पार्टी निर्णयविपरीत सरकार गठन प्रक्रियामा लागेको भन्दै राप्रपाले संसदीय दलका नेता उद्धव थापालगायतका नेतालाई कारबाही तयारी गरेको छ ।
यसअघि बागमतीमा नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँले मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए। एमालेले सरकारबाट समर्थन फिर्ता लिएपछि बानियाँ नेतृत्वको सरकार अल्मतमा परेको थियो।
उनले राजीनामा दिएसँगै प्रदेश प्रमुख देवकोटाले नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेका थिए।
एमालेले आन्तरिक विवादबीच थापालाई मुख्यमन्त्रीमा अघि सारेको हो। एमाले र नेकपाबीच सरकार गठनका लागि सहमति बनेपछि बहुमत पुर्याउन राप्रपाको समर्थनसमेत जुटाइएको छ।







प्रतिकृया दिनुहोस