• २०८३ भदौ ९ मंगलबार
  • Tuesday, 25 August, 2026

युनाइटेड सिजनकाे पहिलाे खेलमै पराजित

काठमाडौं । प्रिमियर लिग उपाधि दाबेदारका रूपमा लिइएको म्यान्चेस्टर युनाइटेड यस सत्रको पहिलो खेलमै पराजित भएको छ। 

नौ वर्षपछि प्रिमियर लिगमा फर्केको हलले शनिबार म्यान्चेस्टर युनाइटेडलाई २-० ले स्तब्ध पार्यो। हलका लागि पूर्वार्धमै सेमी अजयी र नोबेल मेन्डीले गोल गरे। 

हल यस सत्रमा दोस्रो श्रेणीको च्याम्पियनसिप प्लेअफबाट मात्र प्रिमियर लिगमा उक्लेको हो। त्यसैले हललाई प्रतियोगिताअघि नै रेलिगेसनको दाबेदार मानिएको थियो तर उसले म्यान्चेस्टरलाई हराएर पहिलो खेलमै उलटपुलट गरेको छ। 

म्यान्चेस्टर युनाइटेड २० पटक प्रिमियर लिग जितिसकेको टिम हो। पछिल्लो सत्रमा म्यान्चेस्टर युनाइटेडले तेस्रो स्थान बनाएको थियो। च्याम्पियन्स लिगमा फर्केपछि म्यान्चेस्टर युनाइटेडले माइकल कारिकलाई स्थायी प्रशिक्षक बनाएको थियो। प्रशिक्षक कारिकले मिडफिल्डमा नयाँ खेलाडी प्रयोग गरे। युरी टेलिमान्स र एन्ड्री सन्तोष जस्ता नयाँ खेलाडीसँगै बार्सिलोनाबाट ऋणमा फर्केका मार्कस र्यासफर्डलाई मिडफिल्डमा खेलाएका थिए। 

गएराति भएका अन्य खेलमा एभर्टनले क्रिष्टल प्यालेसलाई २-० ले हराउँद इप्विजले सन्डरल्याण्डलाई २-१ ले पराजित गर्‍यो। लिड्सले नटिङ्घम फरेस्टलाई एक शुन्यले हाराउँदा ब्रेनफोडसँग स्पाउर ३-० ले हार्‍यो। 

 यस सत्रको प्रिमियर लिगको पहिलो खेलमा आर्सनलले नवप्रवेशी कमेन्ट्री सिटीलाई ३-० को सहज जित निकाल्यो। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर