'हर्कको फोटो भएको पेटिकोट नै लगाउँछु' भन्ने सुदनलाई बैठकमै बोलाएनन्

विरानगर । केही दिन अघि मात्रै एक सार्वजनिक कार्यक्रममा नेता सुदन किरातीले हर्कको फोटो भएको टिसर्ट त के पेटिकोटनै लगाउन तयार रहेको बताएका थिए । यसले सो पार्टीमा उनको अवस्थाको सामान्य अनुमान गर्न सकिन्थ्यो । 

तर आजबाट सुरु भएको श्रम संस्कृती पार्टीको केन्द्रीय समितिको बैठकमा उनी पक्षधरलाई निम्ता नै नदिइएको पाईएको छ । किराती साे पार्टीमा वरिष्ठ नेताका रुपमा प्रवेश गरेका थिए ।

समाचार दैनिकसँगकाे टेलिफाेनमा सुदन किरातीकाे सचिवालयले बैठकमा नबाेलाएकाले अहिले छुट्टै छलफलमा रहेकाे जानकारी दिए ।

सुदन किराँती समूहसँग पार्टी एकता भएको चार महिनापछि श्रम संस्कृति पार्टीको केन्द्रीय समिति बैठक आज धरानमा सुरु हुँदै छ। 

धरानको होटल गोर्खामा बस्ने बैठकमा सुदन किराँती समूहलाई भने बोलाइएको छैन।

पार्टी एकता क्रममा सुनदलाई वरिष्ठ नेता बनाउँदै उनको समूहबाट एक उपाध्यक्ष, एक सचिव र १५ केन्द्रीय सदस्यसहित श्रम संस्कृतिमा १८ जना समावेश छन्।

अहिले दुवै पक्षका गरी श्रम संस्कृति पार्टीको केन्द्रीय समितिमा ४१ जना छन्। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर