मेसीको मायामी बराबरीमा रोकियो
काठमाडौं । मेजर लिग सकरमा लियोनल मेसीको टिम इन्टर मायामी बराबरीमा रोकिएको छ ।
आज बिहान भएको सान डिएगोविरुद्धको खेलमा मायामी २–२ गोलको बराबरीमा रोकिएको हो । खेलमा अग्रता लिएको डिएगोविरुद्ध मेसीले आकर्षक फ्रि किक गोल हानेर खेल बराबरीमा ल्याएका थिए ।
स्वारेजले गोल गर्दै टिमलाई २–१को अग्रता पनि दिलाए । तर अन्तिम ८२ मिनेटमा डिएगोले गोल गर्दै खेल बराबरीमा टुंग्याएको हो ।
यो बराबरीसँगै मायामी अंक तालिकाको तेस्रो स्थानमा झरेको छ । समान अंक भएपनि न्यू इङल्यान्ड दोसो र ११ अंकको अग्रतासहित नासभिल्ले शीर्ष स्थानमा छ ।







प्रतिकृया दिनुहोस