• २०८३ असोज ६ मंगलबार
  • Tuesday, 22 September, 2026

ओलीको राजनीतिक प्रतिवेदनमा के छ ?

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले गत फागुनमा भएको निर्वाचनको हारको जिम्मेवारी आफूले स्विकार्ने बताएका छन्।

केन्द्रीय कमिटी बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनमा अध्यक्ष ओलीले भनेका छन्, ‘चुनावी परिणामको जिम्मेवारीबाट म भाग्दिनँ। अध्यक्षको रूपमा मेरो नैतिक जवाफदेही म स्वीकार गर्छु।’

तर, जिम्मेवारी स्वीकार गर्नु र मैदान छोड्नु एउटै कुरा नभएको तर्क गर्दै उनले नेतृत्व नछाड्ने प्रस्ट पारेका छन्।

‘जिम्मेवारी स्वीकार गर्नु भनेको घाइते शरीर छोडेर भाग्नु होइन, उपचारको अगुवाइ गर्नु हो। चिकित्सकले रोग देखेपछि अस्पताल छोड्दैन। किसानले बालीमा रोग लागेपछि खेत छोड्‌दैन। नेतृत्वले पनि संकटको वेला संगठनलाई अनिश्चिततामा छोड्दैन,’ प्रतिवेदनमा भनिएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर