बाढीको त्रासः नारायणी पुलमाथि सवारी र हिँडडुलमा प्रतिवन्ध

चितवन। लगातारको वर्षाले नारायणी नदीको बहाव उच्च बन्दै गएपछि नारायणी नदी माथिको पुलमा सवारी साधन सञ्चालन गर्न प्रतिवन्ध लगाइएको छ । 

नारायणी नदीको बहाव तिब्र रुपमा बढेको र अझै बढ्न सक्ने भन्दै नवलपुर प्रहरीले सर्वसाधारणलाई पुलमाथि नजान आग्रह गर्दै सवारी साधन चलाउन प्रतिवन्ध लगाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिए । 

प्रहरीले माइकिङ गर्दै सर्वसाधारणलाई जानकारीसमेत गराइरहेको छ । हाल देवघाट जलमापन केन्द्रको तथ्याङ्कले नारायणी नदीको बहाद ११.८४ मिटर देखाएको छ । 

नारायणीमा ७.३ मिटरलाई चेतावनी र ९ मिटरलाई खतराको तह मानिन्छ । अहिले खतराको तहभन्दा पानी धेरै माथि पुगेको छ । साथै प्रहरीले नदीमा दाउरा टिप्न नजान पनि सबैसित अनुरोध गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर