ओलिसकाे गाेलमा फ्रान्सकाे लगातार दाेस्राे जित
काठमाडौँ । प्रशिक्षकमा जिनेदिन जिदान आएयता फ्रान्सले यूईएफए नेसन्स लिगमा सोमबार लगातार दोस्रो जित निकालेको छ । ब्रुसेन्समा भएको खेलमा आइकल ओलिसले ८८ औं मिनेटमा एक मात्र गोल गरे र फ्रान्सले बेल्जियमलाई १–० ले हरायो ।
इटालीका लागि भने प्रशिक्षकमा रोबर्टो मानचिनी फर्केयता पहिलो जित निकाल्न सफल रह्यो र यसक्रमा टर्कीलाई ४–१ ले पराजित गर्न सफल रह्यो । इटाली यसअघिको खेलमा बेल्जियमको हातबाट पराजित भएको थियो ।
पहिलो हाफमै इटालीले तीन गोल गरेपछि खेल पूर्णतः उसको नियन्त्रणमा रह्यो । सोमबारका अन्य खेलमा उत्तरी आयरल्यान्ड र हंगेरीले गोलरहित बराबरी खेले । यसतै स्विडेनले पोल्यान्डलाई ३–१ र बोस्निया एन्ड हर्जगोभिनाले रोमानियालाई ४–२ ले हरायो ।







प्रतिकृया दिनुहोस