अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
काठमाडाैं । एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आज स्वदेश फर्किएका छन्।
उनी आज बिहान ८:४५ बजे काठमाडौं फर्किएकाे उनकाे सचिवालयले जानकारी दिएकाे छ। भ्रमण नेपालको महत्त्वपूर्ण पूर्वाधार विकासका लागि बैंकको लगानी विस्तार, प्रविधि हस्तान्तरण र सदस्य मुलुकहरु बीच थप सहकार्यका लागि फलदायी भएको सचिवालयले बतायाे ।
बैठकमा भाग लिन उनी असोज १० गते कतारको राजधानी दोहा प्रस्थान गरेका थिए। यस बैठकले वार्षिक बैठकले अर्थमन्त्री एवं एआईआईबीको गभर्नर परिषद् (Board of Governors) का गभर्नर डा. स्वर्णिम वाग्लेलाई सन् २०२६–२७ का लागि उप-सभापति (Vice-Chair) मा निर्वाचित गरेको छ।
सो बैठकले क्षेत्रीय सदस्य राष्ट्रहरूमध्येबाट नेपाललाई उप-सभापतिमा निर्वाचित गरेको हो।
बैठकको 'Governors’ Business Roundtable' का क्रममा डा. वाग्लेले पूर्वाधारमार्फत पुँजी निर्माण कम विकसित मुलुकको आर्थिक वृद्धिका लागि एक प्रमुख स्रोत रहेको उल्लेख गर्दै सडक, विद्युत्, सञ्चार तथा सूचना प्रविधि लगायतका उत्पादनका प्रमुख साधनमा लगानी गर्नुपर्ने बताए।
नेपाल पहिलोपटक एसियाली पूर्वाधार लगानी बैंकको उप-सभापतिमा निर्वाचित भएसँगै मुलुकको महत्त्वपूर्ण पूर्वाधार विकासका लागि बैंकको लगानी विस्तार, प्रविधि हस्तान्तरण र सहकार्यका लागि थप मार्गप्रशस्त हुने मन्त्री वाग्लेकाे छ।






प्रतिकृया दिनुहोस