• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

पोर्चुगल युरो कप छनोटमा सर्बियासंग बराबरी

एजेन्सी ।  सोमबार राति क्रिस्टियानो रोनाल्डोले चोट बोकेको खेलमा  पोर्चुगलले सर्बियासंग गोल रहित बराबरी खेलेको  छ ।रोनाल्डोले चोट बोक्दै ३१ औ मिनेटमा मैदान छाडेका थिए ।

ड्यानिलो परेराले ४२ औ मिनेटमा गोल गर्दै घरेलु टोलीबाट बराबरी गोल फर्काएका थिए ।पोर्चुगलको घरेलु मैदानमा सुरुवाती अग्रता सर्बियाले बनाएको थियो । डुसान टाडिसको पेनाल्टी गोलमा सर्बियाले सातौ मिनेटमा अग्रता लिएको थियो ।

युरो विजेता पोर्चुगलले युरो छनोटका सुरुवाती दुई गोलमा बराबरी खेल्दै अंक बाँडेको छ । उसले पहिलो खेलमा युक्रेनसंग गोल रहित बराबरी खेलेको थियो ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर