• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

युरोकप छनोट : फ्रान्स र इंग्ल्याण्डको प्रभावशाली जित

युरोकप छनोट अन्तर्गत समुह चरणको खेलमा फ्रान्स र इंग्ल्याण्ड विजयी भएको छ । आज विहान भएको खेलमा लगातार दोस्रो जित निकाल्ने क्रममा फ्रान्सले आइसल्याण्डलाई चार शुन्यले हरायो ।

खेलको १२ औं मिनेटमा उम्टीटीले गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यसपछि ६८ औं मिनेटमा ओलिभर जिरुडले टिमका लागि दोस्रो गोल गरे । त्यसपछि खेलको ७८ औं मिनेटमा केलीयन एम्बाप्पेले टिमका लागि तेस्रो गोल गरे भने ८४ औं मिनेटमा एन्टोइन ग्रिजमले चौथो गोल गरे । जितसँगै फ्रान्सले दुई खेलबाट ६ अंक बनाएको छ ।

यता इंग्ल्याण्डले जारी प्रतियोगितामा लगातार दोस्रो खेलमा प्रभावशाली जित हात पार्यो । उसले मोन्टेनेग्रोलाई पाँच एकले पाखा लगायो । त्यसोत इंग्ल्याण्डले मोन्टेनेग्रोको सुरुवाती अग्रता विरुद्ध चार गोल गरेको हो । खेलको १७ औं मिनेटमा भेसोभिकले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर त्यसपछि इंग्ल्याण्डले लगातार चार गोल गर्न सफल भयो ।

३० औं मिनेटमा कियनले गोल गरे भने ३८ औं र ५९ औं मिनेटमा ब्राक्लीले गोल गर्दै टिमलाई तीन एकले अगाडी बढाए । त्यसपछि ७१ औं मिनेटमा हेरी केनले चौथो गोल थपे । खेलको ८० औं मिनेटमा रहिम स्ट्रलिङे गोल गर्दै टिमलाई पाँच एकको अग्रता दिलाए । जितसँगै इंग्ल्याण्डले पनि ६ अंक बनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर