गगनलाई प्रदीपकाे सन्देशः हामीलाई अलमलिने र थाक्ने छुट छैन
काठमाडाैं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रदीप पौडेलले पार्टी सभापति गगन थापालाई बधाई तथा शुभकामना दिएका छन्।
कांग्रेसलाई नयाँ उचाइमा पुर्याउने ऐतिहासिक अभिभाराको नेतृत्व प्राप्त गरेको भन्दै पौडेलले थापालाई शुभकामना दिएका हुन्।
‘हामी युग बदल्ने संकल्प लिएर आएका छौँ,’ पौडेलले भनेका छन्, ‘बाटो पक्कै सजिलो छैन। चुनौतीका पहाडहरू थुप्रै छन्। तर, हामीसँग अलमलिने र थाक्ने कुनै छुट छैन।’
उनले बदलिएको कांग्रेस र बदलिने देश पार्टीको कर्म र परिणाम बन्नुपर्नेमा जोड दिएका छन्। साथै, इमानदार सहयात्रीका रूपमा आफू सभापति थापासँगै रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
‘बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ। इमानदार सहयात्रीको रूपमा हामी सँगै हुनेछौँ,’ पौडेलले भनेका छन्।







प्रतिकृया दिनुहोस